काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गतेबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।
दुवै कम्पनीको असार २१ गते, सोमबार सम्पन्न भएको साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई साउन १५ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडबीच प्राप्ति सम्बन्धी सम्झौतामा माघ २६ गते स्ताक्षर भएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले पनि साउन २२ गते स्वीकृती प्रदान गरेको छ ।
प्राप्ति पश्चात अब 'इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड' को नामबाट एकीकृत कारोबार हुनेछ । संस्थाको रजिष्टर्ड कार्यालय नवलपुर जिल्ला, गैँडाकोट नगरपालिका वडा नं. २, कालिगण्डकी चोकमा रहनेछ ।
प्रतिक्रिया