साढे १५ लाख जरिवाना ठहर बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

आइतबार, २४ साउन २०७८, १४ : ५३

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर स्थायी ठेगना भइ हाल काठमाडौंको गोंगबुमा बस्दै आएका ४२ वर्षीय चिरायु खालिङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मीस्थानबाट शनिवार पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले गत फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । उनलाई फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको ब्यूरोले बताएको छ । 

आइतबार, २४ साउन २०७८, १४ : ५३

प्रतिक्रिया