काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ ।
संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २४ हजार ९ सय ७० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सेयरहरू बिक्री गर्न लागेको जनाएको छ ।
साथै संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरिएको छ ।
निवेदन सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, निलकण्ठ-३, धादिङबेसी, धादिङमा आइपुग्ने गरी पठाउनु पर्ने छ ।
प्रतिक्रिया