काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट दिउँसो ३ बजेबाट सुरु हुनेछ । क
म्पनीले आइपीओ निष्कासन गर्ने मुख्य एजेन्डासहित सभा बोलाएको हो । सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सन नेपाल आइपीओ निष्कासनका लागि रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
सन नेपाल लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरको छ ।
प्रतिक्रिया