आरम्भ चौतारी लघुवित्तमा भारी संख्यामा कर्मचारी माग, के कसरी दिने आवेदन ?

सोमबार, २५ साउन २०७८, १० : ०६

काठमाडौं - आरम्भ चौतारी लघुवित्तले विभिन्न पदका लागि भारी संख्यामा कर्मचारी माग गरेको छ।

कम्पनीले सहायक प्रबन्धक अर्थात् ९ औ तहमा ३ जना, अधिकृत अर्थात् ७ औ तहमा ४ जना, सहायक अधिकृत अर्थात् सहायक अधिकृतमा १० जना, बरिष्ठ सहायक अर्थात् ५ औ तहमा २ जना कर्मचारी माग गरेको हो । त्यस्तै कम्पनीले केहि बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पनि माग गरेको छ ।

कम्पनीले इच्छुक तथा योग्य उम्मेदवारलाई कम्पनीले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।

 

 

 

 

 

सोमबार, २५ साउन २०७८, १० : ०६

प्रतिक्रिया