काठमाडौं, युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ।
विवरण अनुसार गत वर्षमा ७ करोड ५५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवमा लघुवित्तले ४ करोड ५ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ८६.३० प्रतिशतले नाफा बढेको हो ।
अघिल्लो आवमा १९ करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा २४ करोड १८ लाख रुपैया पुगेको छ । गत आवमा लघुवित्तको सञ्चालन मुनाफा ११ करोड ८१ लाख रुपैयाँ छ ।
असार मसान्तसम्ममा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४९ करोड १२ लाख रुपैयाँ कर्जा लिएर २ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चुक्त पूँजी ९ करोड ६८ लाख २० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तको खराब कर्जा अनुपात पनि ह्वात्तै बढेको छ । गत वर्षको यहि अवधिमा २.५५ प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधिमा ४.९० ले बढेर ७.४५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया