काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असार ३१ गतेबाट श्रावण १४ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड भएको हो ।
बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गरेको थियो ।
सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
बैंकले १० वर्ष अवधिको ८.५० प्रतिशत व्याजदर भएको ऋणपत्र निष्कासन गरेको हो ।
प्रतिक्रिया