काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीमा रहेको लगानी योग्य रकम ुकु वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
क वर्गका बैंक तथा वित्तीय संस्थाहरुहरुलाई साउन ३१ गतेभित्र उक्त लगानीमा गोप्य शिलबन्दी प्रस्ताव बुझाउन कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन फारम भरि शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ ।
प्रतिक्रिया