सन नेपाल लाइफको साधारण सभा सम्पन्न, आईपीओ निष्काशन प्रस्ताव पारित

सोमबार, २५ साउन २०७८, १६ : ४०

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्सको सोमबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले सर्वसाधारणका लागि ६० लाख कित्ता शेयर प्रिमियम मूल्यमा विक्री गर्ने प्रस्ताव सर्वसम्मत रुपपमा पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लगायतका विषयमाथि छलफल गरी पारित गरेको छ ।

सोमबार, २५ साउन २०७८, १६ : ४०

प्रतिक्रिया