काठमाडौं, एशियन लाइफ इन्स्योरेन्सले दुई शाखा कार्यालय विस्तार गरेको छ ।
कम्पनीले काठमाण्डौंको नयाँ बानेश्वर र चाबहिलमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
कम्पनी संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको उपस्थितिमा शाखा कार्यालय उद्घाटन गरिएको कम्पनीले जानकारी दिएको छ ।
नयाँ शाखा कार्यालय विस्तारसँगै यस कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा काठमाण्डौं उपत्यकाभित्र थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने कम्पनीले लक्ष्य लिएको छ ।
प्रतिक्रिया