काठमाडौं, एभरेष्ट बैंकले भैसेँपाटी, ललितपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष पुरुषेत्तम खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय, १३६ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया