काठमाडौं - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा आज सम्पन्न भएकोे छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यममार्फत् सम्पन्न भएको हो ।
सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ । सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको हो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष अनुज कयालद्वारा वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएको छ ।
प्रतिक्रिया