एभरेष्ट बैंकको नँया शाखा भैंसेपाटीमा पनि

मंगलबार, २६ साउन २०७८, ०९ : ५१

एभरेष्ट बैंकले ललितपुरको भैंसेपाटीमा शाखा विस्तार गरेको छ । बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल, ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।

भैंसीपाटी क्षेत्रका नागरिकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले बताएको छ ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजंग थापा, नेपाल प्रहरीका भैंसेपाटी क्षेत्र इन्चार्ज लोकबहादुर गुरुङ, बैंकका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता थियो । हाल बैंकले १०४ शाखा,  १३६ एटीएम, ३१ वटा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

मंगलबार, २६ साउन २०७८, ०९ : ५१

प्रतिक्रिया