साल्ट ट्रेडिङ्गको नाफा २४.२२ प्रतिशत कम, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २६ साउन २०७८, १० : ५९

काठमाडौं, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको  वित्तीय विवरण प्रकाशित गरेको छ। 

गत असार मसान्तसम्ममा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशत कम हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.८० प्रतिशत बढेको छ भने कुल नाफा १.८० प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष २.२७ प्रतिशत बढेको छ।

खुद नाफा घटेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४५५ रुपेयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ।

मंगलबार, २६ साउन २०७८, १० : ५९

प्रतिक्रिया