कालिका लघुवित्तसहित तीन लघुवित्तको वित्तिय विवरण सार्वजनिक, कुनको नाफा कति ?

मंगलबार, २६ साउन २०७८, ११ : १२

काठमाडौं, कालिका लघुवित्तसहित तीन कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

कालिका लघुवित्त वित्तीय संस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको यसै अवधिमा संस्थाले २९ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड १५ लाख ६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १६ करोड ७६ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी २७ करोड ७५ लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १५ करोड ३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा ४७.२७ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८२ पैसाले बढेर १९ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ७१.९५ गुणा रहेको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा संस्थाले ५४ करोड ८२ लाख २१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ अर्ब २१ करोड ६९ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ अब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले घटेर ७७ करोड ४० लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ८२ करोड १५ लाख ७२ हजार रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १ अब २५ करोड १५ लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २ अब ३२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा १७.८३ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६७ पैसाले घटेर ४९ रुपैयाँ १४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा रहेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ७३ लाख ३५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६०.८७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६६ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ९५ लाख ३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ८ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि १०४.०६ प्रतिशतले बढेर १ करोड ९९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ९७ लाख ७९ हजार रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १३ करोड २० लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा ३२.३२ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा रहेको छ ।

मंगलबार, २६ साउन २०७८, ११ : १२

प्रतिक्रिया