दिव्यश्वरी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा,प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २६ साउन २०७८, १२ : १३

काठमाडौं, दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकोवित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ३ करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ।

असार मसान्तसम्ममा कम्पनीले ३ करोड ३ लाख ४५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

सो अवधिसम्ममा कम्पनीको कुल नोक्सानी २० करोड ५३ लाख ६६ हजार रुपैयाँ रहेको छ। कम्पनीले असार मसान्तसम्ममा विद्युत बिक्री बापत ७ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३१ प्रतिशत कम हो।

चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष नोक्सानी बढेर २० करोड ५३ लाख ६६ हजार पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी साढे ११ रुपैयाँ ऋणात्मक रहेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको हो ।

अघिल्लो आवमा ४ करोड ३४ लाख ६६ हजार नोक्सानीमा रहेकोमा कम्पनीको नोक्सानी गत आवमा भने १ करोड ३१ लाख रुपैयाँले सुधारिएको हो ।

गत आवमा कम्पनीले विद्युत बिक्रीबाट हुने आय ९.३१ प्रतिशतले ७ करोड १ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको फाइनान्सियल र करभन्दा अघिको नाफा साढे १२ लाख बढेर ३ करोड २६ लाख ४५ हजार रुपैयाँ छ ।

मंगलबार, २६ साउन २०७८, १२ : १३

प्रतिक्रिया