काठमाडौं, विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकोवित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षमा १०३.७२ प्रतिशतले खुद नाफा बढ्दा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.४८ रुपैयाँले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा लघुवित्तले ११ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २५.९५ बाट ४४.४३ रुपैयाँ पुगेको हो । यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.०४ रुपैयाँ छ ।
चुक्ता पूँजी २६ करोड ६५ लाख ९७ हजार रूपैयाँ रहेको लघुवित्तको समीक्षा अवधिमा चुक्ता पूँजी १९ प्रतिशत, जगेडा कोष ६२.५८ प्रतिशत, निक्षेप २५.०७ प्रतिशत, खुद ब्याज आम्दानी ७४.२४ प्रतिशत र सञ्चालन नाफा ७९.१२ प्रतिशतले बढेको छ ।
लघुवित्तको जगेडा कोषमा १७ करोड ३३ लाख ८२ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १० करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी १९ प्रतिशतले बढेर २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको थियोे ।
प्रतिक्रिया