नाडाको ४५ औं साधारण सभा र निर्वाचन स्थगित

मंगलबार, २६ साउन २०७८, १६ : ३४

काठमाडौं, अटोमोबाइलस् डिलर्स एसोसिएसन नेपाल (नाडा)को ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन आगामी भाद्र २५ गते सम्पन्न गर्ने निर्णयमा कोरोना तेस्रो लहरको जोखिमको कारण स्थगित गरेको हो ।

सो साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन काठमाडौ जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएकोमा सो कार्यालयले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने जनाएको छ ।

जसको कारण नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको नाडाले जनाएको छ

मंगलबार, २६ साउन २०७८, १६ : ३४

प्रतिक्रिया