एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, २७ साउन २०७८, ०७ : ५१

काठमाडौं - एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १५ बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत ९कर सहित० लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि भोलि एक दिन बुकक्लोज गर्ने घोषणा गरेको हो । त्यसैले, आज साउन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

बुधबार, २७ साउन २०७८, ०७ : ५१

प्रतिक्रिया