शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

बुधबार, २७ साउन २०७८, ०९ : ०६

काठमाडौं - ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीहरुलाई अनुरोध गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको विभिन्न साधारण सभाबाट पारित २०७०/७१ सम्मको नगद लाभांश कतिपय शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन अनुरोध गरेको हो । 

कम्पनीले एक महीनाभित्र शेयर रजिष्ट्रार ग्लोब आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गरी उक्त लाभांश बुझिलिन आग्रह गरेको छ । एक महीनापश्चात उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी दिएको छ ।

बुधबार, २७ साउन २०७८, ०९ : ०६

प्रतिक्रिया