अभियान लघुवित्तको एक करोड ८५ लाख धनात्मक, कर्जा अनुपात कति ?

बुधबार, २७ साउन २०७८, ११ : १७

काठमाडौं, गत आर्थिक वर्षको चौथो त्रैमासमा अभियान लघुवित्त वित्तिय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार लघुवित्त ७९ लाख ५६ हजार रुपैयाँ नोक्सानीबाट एक करोड ८५ लाख रुपैयाँ धनात्मक भएको हो।

चुक्ता पूँजी १५ करोड रहेको लघुवित्तको जगेडा कोषमा ८९ लाख ७१ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा १४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ४३ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब ५४ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले ७ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले एक करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस्तै, अघिल्लो आर्थिक वर्षमा ८० लाख रुपैयाँ नोक्सानीमा रहेको लघुवित्तको सञ्चालन आम्दानी एक करोड ५० लाख रुपैयाँ धनात्मक भएको छ।

यस अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा सुधार भएको छ। लघुवित्तको निष्कृय कर्जा अनुपात १८.९७ प्रतिशतबाट सुधार हुदै ०.५४ प्रतिशतमा झरेको छ।

बुधबार, २७ साउन २०७८, ११ : १७

प्रतिक्रिया