मेगा बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

बुधबार, २७ साउन २०७८, १३ : २६

काठमाडौं -  मेगा बैंक लिमिटेड लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने भएको छ । उक्त सहकार्यका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा  बैंक लिमिटेडबीच सम्झौता भएको छ । 

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ । 

बुधबार, २७ साउन २०७८, १३ : २६

प्रतिक्रिया