बीमा क्षेत्रका दुई कम्पनी सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक गाभिन लागेका हुन् ।
रिटेल ग्राहकहरु धेरै भएको कम्पनी सगरमाथा र कर्पोरेट ग्राहक धेरै भएको कम्पनी हिमालयन गाभिएपछि निकै बलियो कम्पनी हुनेछ ।
हाल सगरमाथाको चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ । यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ ।
बैंकिङ क्षेत्र पछि बीमा क्षेत्रमा पनि मर्जर शुरुभएपनि नाम लगायतका केही विषयमा सहमति जुट्न बाँकी रहेको श्रोतले बताएको छ ।
प्रतिक्रिया