काठमाडौं, ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो । यो सुविधा कार्यान्वयनमा आएसँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।
नविकरण बीमा शुल्क खल्ती बाट भुक्तानी गर्न खल्ती एप लगइन गरि “इन्स्योरेन्स ” आइकन मा ट्याप गर्ने, “ओरिएण्टल लाईफ इन्स्योरेन्स ” सेलेक्ट गर्ने, अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने, अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने र रु। ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।
प्रतिक्रिया