काठमाडौं, बैंकिङ तरलता अभाव भएपछि बैंकहरुले एकै दिन (मंगलबार) १९ अर्ब ५५ करोड रुपैयाँ राष्ट्र बैंकसँग पैसा उठाएका छन्।
आइतबार पनि बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ उठाएका थिए। मंगलबार उठाएको पैसा चालु वर्षकै सबैभन्दा धेरै हो।
एसएलएफ सात दिन अवधिको हुन्छ। यसको ब्याज दर ५ प्रतिशत हुन्छ। बैंकहरुबीच सापटी पाउन छाडेपछि राष्ट्र बैंकले यो मौद्रिक औजारबाट पैसा उपलब्ध गराउँछ।
अन्तर बैंक सापटी दर ४.८६ प्रतिशत पुगिसकेको छ। अरुबेला सापटी उपलब्ध गराउने सरकारी स्वामित्वका बैंकहरु पनि अहिले मागिरहेका छन्।
प्रतिक्रिया