काठमाडौं, हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको बीमा समितिको तथ्यांक छ ।
तथ्यांक अनुसार कम्पनीहरुमा १ लाख ३७ हजार ७५४ जनाको दाबी परेको छ । जसमध्ये ३७ हजार बीमितले मात्रै कोरोना बीमाको रकम पाएका छन् । बाँकी एक लाख २० हजारले अझै कोरोना बीमाको रकम पाएका छैनन् ।
हालसम्म १ लाख ३७ हजार ७५४ दाबी वापत १३ अर्ब बढीको दाबी परेको छ । १ लाख ३७ हजार ७५४ दाबीबापत कम्पनीहरूले १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६ सय रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार रुपैयाँ भुक्तानी भईसकेको छ ।
प्रतिक्रिया