५० लाख जरिवाना ठहर बैंकिङ कसुरका प्रतिवादी पक्राउ

बुधबार, २७ साउन २०७८, १८ : ००

काठमाडौं, बैंकिङ कसुरको मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । 

अर्घाखाँचीको शीतगंगा नगरपालिका ५ घर भइ हाल चन्द्रागिरि नगरपालिका ६ बस्‍दै आएका ३५ वर्षीय काशीराम भुसाललाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको चन्द्रागिरिबाट  पक्राउ गरेको हो ।

भुसाललाई उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले ५० लाख जरिवाना र १५ दिन कैद सुनाएको थियो ।

भुसालले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने थाहा हुँदा हुँदै झुक्यानमा पारी ग्लोबल आइएमइ बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ५० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

बुधबार, २७ साउन २०७८, १८ : ००

प्रतिक्रिया