काठमाडौं - गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९६ प्रतिशत बढी हो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३।८४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेको छ भने नेट फि कमिशन आम्दानी ७९.४६ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षमा १३.५० प्रतिशत बोनस शेयर वितरण गरि चुक्ता पूँजी वृद्धि गरेको यस बैंकको जगेडा कोष ४६।०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ५०.६० प्रतिशत र कर्जा ४८.६० प्रतिशत बढेको छ ।
प्रतिक्रिया