सुर्य लाइफ इन्स्योरेन्सको खुद नाफा ३२ करोड ३२ लाख नाघ्यो, बिमा शुल्क कति ?

विहीबार, २८ साउन २०७८, ०७ : ४१

काठमाडौं - सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा २३.०१ प्रतिशतले बढेर ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरणका अनुसार कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ४६.९७ प्रतिशतले बढेर ४ अर्ब १८ करोड २० लाख रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । सो अवधिसम्ममा कम्पनीले ८१ करोड २९ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८३ करोड ७६ लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ६६ करोड १० लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ६२ लाख १८ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको समिक्षा अवधिमा मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३६.५४ गुणा रहेको छ ।

विहीबार, २८ साउन २०७८, ०७ : ४१

प्रतिक्रिया