काठमाडौं - बीमा समितिले नेपालमा बीमा व्यवसायको समग्र अवस्थाको अध्ययन गर्ने भएको छ । समितिले हालको बीमा व्यवसायको अध्ययन गरी बीमा व्यवसायको व्यापकताका लागि चाल्नु पर्ने कदमका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन समेत तयार पार्ने भएको छ ।
उक्त अध्ययन प्रतिवेदन तयार पार्नका लागि बीमा क्षेत्रको अध्ययनरअनुसन्धानमा क्रियाशिल संस्थारप्रतिष्ठानहरुलाई प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न समितिले आह्वान गरेको छ ।
उक्त क्षेत्रमा क्रियाशिल संस्थाहरुले यो सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात भदौ १६ गतेभित्र छुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव सहितछुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव सहित प्रस्ताव पेश गर्नु पर्ने समितिले जनाएको छ ।
प्रतिक्रिया