काठमाडौं - एनआइबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड-१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
उक्त फण्डहरुले लाभांश वितरण प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने निर्णय भएका छ । जसअनुसार दुवै फण्डको घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको हो ।
एनआइबीएल प्रगति फण्ड-१ ले करसहित ५० प्रतिशत र एनआइबीएल समृद्धि फण्ड–१ ले करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया