सानिमा माइको नाफा साढे ४० करोड बढी, विद्युत आम्दानी कति ?

विहीबार, २८ साउन २०७८, ११ : १६

काठमाडौं, सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९२ प्रतिशत बढी हो।

विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफामा वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२२ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ०.९४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.२९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २४ करोड २० लाख रुपैयाँबाट घटेर १८ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ पैसा बढेर १४ रुपैयाँ ४९ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.४० गुणा रहेको छ।

विहीबार, २८ साउन २०७८, ११ : १६

प्रतिक्रिया