काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला बीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेल निर्माण गर्ने आवासीय घर परियोजनामा घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।
यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्लाले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।
प्रतिक्रिया