पाँचतारे होटल अलफ्ट अब पब्लिक कम्पनी, आईपिओ निष्काशन गर्न तयारी

विहीबार, २८ साउन २०७८, १६ : १९

काठमाडौं, पाँचतारे होटल अलफ्ट प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी बनेको छ ।  अलफ्ट पब्लिक कम्पनी बनेपछि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने बाटोमा अघि बढेको अनुमान गरिएको छ ।

आईपीओ ल्याउन पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया पूरा गर्दै जाने र केही वर्षपछि आईपीओ निष्काशन गर्ने तयारी थालिएको सञ्चालकहरुले बताएका छन् । 

यो होटलका लगानीकर्ता मध्येका एक पृथ्वीबहादुर पाँडेले सुरुमा नाफा कमाएपछि मात्रै आईपीओमा जाने सोच राखिएको बताएका छन् । अन्तरराष्ट्रिय चेन होटल चेन मेरियटकै ब्राण्डमध्येको एउटा अलफ्टका मुख्य लगानीकर्ता नै पाँडे हुन् । 
 

विहीबार, २८ साउन २०७८, १६ : १९

प्रतिक्रिया