आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

शुक्रबार, २९ साउन २०७८, ०७ : ०५

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति भोलि बिहान ८ बजेपछि बस्ने सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको र त्यसपछि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंकका प्रवत्ता देव कुमार ढकालले बताए ।

गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ढिलो सार्वजनिक हुन लागेको हो ।

शुक्रबार, २९ साउन २०७८, ०७ : ०५

प्रतिक्रिया