अघिल्लो बर्ष १०० प्रतिशत लाभांश वितरण गरेको हिमालयन डिष्टिलरीको नाफा कति ?

शुक्रबार, २९ साउन २०७८, ०७ : ४३

काठमाडौं - हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले  १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३६.५० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ७० लाख रुपैया पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी ६ अर्ब ५० करोड ७० लाख रुपैयामा सिमित थियो ।  

त्यस्तै यो अवधिमा कम्पनीको सञ्चालन मूनाफा ७२.०१ प्रतिशतले बढेर २ अर्ब १३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यस्तो  आम्दानी अघिल्लो आर्थिक बर्षमा १ अर्ब २३ करोड ६० लाख रुपैयाँमा सिमित थियो । 

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ २३ पैसाले बढेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ९५ पैसा पुगेको छ बैंकको पीई रेसियो ४५.९६ गुणा रहेको छ ।

कम्पनीले अघिल्लो आर्थिक बर्षमा १०० प्रतिशत लाभांश वितरण गरेको थियो । 

शुक्रबार, २९ साउन २०७८, ०७ : ४३

प्रतिक्रिया