एभरेष्ट बैंकको खुद नाफा सँगै खुद ब्याज आम्दानी पनि घट्यो, वितरणयोग्य मुनाफा कति ?

शुक्रबार, २९ साउन २०७८, ०८ : ०५

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३४ प्रतिशत कम हो । 

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.४० प्रतिशत घटेको छ । 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २६.९६ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५४ करोड ८४ लाख रुपैयाँबाट घटेर २६ करोड १६ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर वितरण चुक्ता पूँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ९ रुपैयाँ १० पैसा घटेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । 

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५।. गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

शुक्रबार, २९ साउन २०७८, ०८ : ०५

प्रतिक्रिया