बोटलर्स नेपाल लिमिटेडद्धारा दुबै कम्पनीको वित्तीय विवरण सार्वजनिक, प्रतिशेयर आम्दानी कति ?

शुक्रबार, २९ साउन २०७८, ०८ : १८

काठमाडौं - बोटलर्स नेपाल लिमिटेडका दुबै कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार दुबै कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ ।

गत असार मसान्तसम्ममा बोटलर्स नेपाल (बालाजु) ले ४४ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २२.६६ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३२३.०६ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष १०.९८ प्रतिशत बढेको छ ।

नाफा बढे सँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३१.७४ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा २३० रुपैयाँ ७६ पैसा पुगेको छ । 

शुक्रबार, २९ साउन २०७८, ०८ : १८

प्रतिक्रिया