लक्ष्मी बैंकको नाफा ९.२० प्रतिशत वृद्धि हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको ५०.६९ प्रतिशत, प्रतिशेयर आम्दानी कति ?

शुक्रबार, २९ साउन २०७८, ०८ : ३०

काठमाडौं - लक्ष्मी बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

विवरण अनुसार लक्ष्मी बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ ।

लक्ष्मी बैंक लिमिटेड
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लक्ष्मी बैंकले १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२० प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.६५ प्रतिशत बढेको छ । 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७।४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ४७.२९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १६.५० प्रतिशत र कर्जा १९.८६ प्रतिशत बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०।६९ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफा बढ्न पुगेको हो ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६।७३ प्रतिशत घटेको छ । 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४९.५० प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँबाट बढेर ३७ करोड ७९ लाख रुपैयाँमा झरेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ४५ पैसा बढेर २२ रुपैयाँ ४६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.०९ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ४.९३ प्रतिशत र कर्जा १६.१५ प्रतिशत बढेको छ ।

शुक्रबार, २९ साउन २०७८, ०८ : ३०

प्रतिक्रिया