काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४३ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.९६ प्रतिशत बढी हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार इन्स्योरेन्सको नाफा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४३ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.९६ प्रतिशत बढी हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ३३०.३८ प्रतिशत बढेर ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा ५०.०८ प्रतिशत बढेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष १२.७० प्रतिशत बढेको छ भने महाविपत्ति कोषमा कुनै रकम सञ्चय गरिएको छैन । इन्स्योरेन्सले सो अवधिसम्ममा पुनर्बीमा कमिशन बापत १२ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ रुपैयाँ ६२ पैसा बढी हो ।
प्रतिक्रिया