प्रभु बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम

शुक्रबार, २९ साउन २०७८, ०९ : २५

काठमाडौं - प्रभु बैंकले बिक्रिमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १५ गतेबाट २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । 

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । आवेदकले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 

यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । 

शुक्रबार, २९ साउन २०७८, ०९ : २५

प्रतिक्रिया