गुडविल फाइनान्सको नाफामा ६९।८६ प्रतिशत बृद्धि, कर्जा लगानी कति ?

शुक्रबार, २९ साउन २०७८, १० : ०२

काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको खुद नाफामा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १८ करोड ३१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६९.८६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ७ करोड ३६ लाख ३ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा फाइनान्सले १० अर्ब ८ करो रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी ७ अर्ब ३७ करोड भन्दा बढि कर्जा लगानी गरेको छ ।  

चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २६ करोड ५५ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २.१० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २७ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म फाइनान्सको सञ्चालन नाफा ५५.४९ प्रतिशतले घटेर ६ करोड ६९ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको सञ्चालन नाफा १५ करोड ३ लाख ६० हजार रूपैयाँ रहेको थियो ।

फाइनान्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसाबाट बढेर २१ रुपैयाँ १२ पैसा पुगेको छ  । फाइनान्सको पीई रेसियो ३२.२८ गुणा रहेको छ ।

शुक्रबार, २९ साउन २०७८, १० : ०२

प्रतिक्रिया