काठमाडौं, बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशत कम हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.४२ प्रतिशत घटेर ६४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। पानीको बहाव र नेपाल विद्युत प्राधिकरणसँगको स्थिर दर पीपीएका कारण विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २९.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २६.१५ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १०.०२ प्रतिशत घटेको छ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १५ पैसा घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २३७.१५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५९ गुणा रहेको छ।
प्रतिक्रिया