नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ कलकत्तामा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको जनाएको छ ।
प्रतिक्रिया