एनआईसी एशियाको स्वामित्वमा रहेका ३ कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कुन-कुनको ?

शुक्रबार, २९ साउन २०७८, १२ : ५८

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जसमा मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी कोषको संस्थापक समूहको सेयर रहेको छ । 

बैंकले साउन १९ गतेदेखि मेरो माइक्रोफाइनान्सको ८९ हजार ४ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १० हजार एक सय ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । 

मेरो माइक्रोफाइनान्सको मूल्य ५९५ रुपैयाँ आरएमडीसी लघुवित्तको ५०६ रुपैयाँ र नागरिक लगानी कोषको १४३६ रुपैयाँ रहेको छ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

शुक्रबार, २९ साउन २०७८, १२ : ५८

प्रतिक्रिया