काठमाडौं - बेष्ट फाइनान्स कम्पनी लिमिटेडले यसअघि स्थगित गरिएको वार्षिक साधारण सभा पुनस् बोलाएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २४औँ वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभा फाइनान्सको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले भदौ ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदौ ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया