रेमिट्यान्स सेवाप्रदायक कम्पनीलाई मर्जरमा लगिने, सिसिडि रेशियो खारेज

शनिबार, ३० साउन २०७८, ०७ : २७

काठमाडौं - रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु पनि मर्ज हुने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु धेरै भएको भन्ने गुनासो भइरहेको बेला राष्ट्र बैंकले मर्जरको व्यवस्था गरेको हो ।

साथै सिसिडी रेशियोलाई खारेज गरिएको छ । बैंकरहरुले सिसिडी रेशियो वास्तविक तरलता नदेखाउने भन्दै उक्स रेशियोलाई खारेज गर्नुपर्ने माग गर्दै आएका थिए । सोहि अनुसार केन्द्रिय बैंकले उक्त रेशियोलाई खारेज गरेको हो ।

हाल बैंकहरुको ८५ प्रतिशत सिसिडि रेशियो कायम गर्नुपर्ने व्यवस्था थियो । केन्द्रिय बैंकले कर्जा निक्षेप अनुपात एलडि रेशियो भने ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

शनिबार, ३० साउन २०७८, ०७ : २७

प्रतिक्रिया