काठमाडौं - नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्दै एक जनाले अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था गरेको छ । शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।
लगानीकर्ताले एक बैंकबाट अधिकतम ४ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।
केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जाको सिमालाई भने यथावत राखेको छ । लगानीकर्ताले ७० प्रतिशतसम्म शेयर धितो कर्जा लिन सक्ने व्यवस्था यथावत राखेको हो ।
प्रतिक्रिया