क्रस होल्डिङ भएका लघुवित्तहरु एक वर्षभित्रै मर्ज हुनुपर्ने, न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने

शनिबार, ३० साउन २०७८, ०७ : ५४

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने भएको जानकारी दिएका छन् ।

त्यसैगरी, उनका अनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिनेछ ।

साथै रष्टिय स्तारका विकास बैंक र वित्त कम्पनी र थोक कर्जा प्रवाह गर्ने लघुवित्तले न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने छ । यसैगरी पुनकर्जालाई निरन्तरता दिइएको छ । साथै लगातार तीन वर्षसम्म खुद नोक्सानीमा रहे मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने छ । 

शनिबार, ३० साउन २०७८, ०७ : ५४

प्रतिक्रिया