काठमाडौं - प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले कुल २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८.४५ प्रतिशतले धेरै हो ।
अघिल्लो वर्ष बैंकले १ अर्ब १९ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । बैंकको खुद ब्याज अम्दानी ११ प्रतिशतले बढेको छ भने फि कमिशनमार्फत हुने आम्दानी समेत २४ प्रतिशतले बढेको छ ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी समेत ११ रुपैयाँबाट बढेर १७ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ रहेको छ । बैंकको पूँजी १० प्रतिशतले बढेर ११ अर्ब ३४ करोड पुगेको छ । त्यस्तै जगेडामा ४ अर्ब ४५ करोड छ ।
निक्षेप संकलन २८ प्रतिशतले बढेर १ खर्ब ६४ अर्ब पुगेको छ भने कर्जा लगनी ३६ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट घटेर १.६८ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया